सुनापति गाउँपालिका
मुलुकमा संघीय शासन व्यवस्था लागु भए पछि वि.सं. २०७३ फागुन २७ गने देखि सुनापति गाउँपालिका अस्तित्वमा आएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ । यो गाउँपालिका साबिकको पांच गाउँ विकास समितिहरु (गुन्सी,दिमीपोखरी,हिलेदेबी, बेथान र खनियापानी) मिलेर बनेको हो । समुन्द्री सतहदेखि करीव ६०० देखि२३०० मिटर सम्मको उचाइमा अवस्थित यो पालिका विश्वमान चित्रमा २७.४७ उत्तरी अक्षांश र ८५.९०ड्ढ पूर्वी देशान्तरमा पर्दछ । जिल्ला नापी कार्यालय रामेछापका अनुुसार यस पालिकाको कुल क्षेत्रफल ८६.९८ वर्ग किलोमिटर रहेको छ ।
दोरम्बा शैलुङ गाउँपालिका
रामेछापले नेपाली राजनीतिक कला साहित्य उद्योगी व्यापारी विद्वान साँस्कृतिक कर्मी संचार कर्मी सबै प्रतिभा जन्माएको छ । भौगोलिक हिसाबमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्ये एक हो । वि.सं. २०५६ को विकेन्द्रीकरण नियमावली अनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमा नै पर्दछ । यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८ उत्तरी आक्षंस देखी २७ डिग्री ५० उत्तरी सम्म र ८५ डिग्री ५० पूर्वी देशान्तर देखि ८६ डिग्री ३५ पूर्व सम्म फैलिएको छ । मध्य महाभारत पर्वत श्रृंखलादेखी उच्च हिमाली श्रृंखलासम्म विस्तारित रामेछाप जिल्लाको भु–बनोट समुद्रि सतह देखी ४२६ मिटरको उचाईदेखि ६९५८ मिटरको नुम्बुर हिमाल चुलीसम्म फैलिएको छ ।
खाँडादेवी गाउँपालिका
खाँडादेवी गाँउपालिका रामेछाप जिल्लामा अवस्थित छ। वि.सं. २०७३ सालमा संघीय मामिला र स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि जिल्लामा साविकका राकाथुम , मझुवा , भीरपानी , पकरबास , माकादुम , गागल- भदौरे , पिङखुरी गाउँ विकास समिति मिलाएर गाउँपालिका बनाएको हो। कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र ३१,३८३ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ। यस गाउँपालिका पूर्वमा मन्थली नगरपालिका , पश्चिममा सुनापति गाउँपालिका , उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लासम्म फैलिएको छ।