काठमाडौ । खैरो हेरोइनसहित दुई जनालाई काठमाडौँको तारकेश्वरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या घर भएका २२ वर्षीय रोशन थापा र ३० वर्षीय राकेश बलामी छन् ।
उनीहरूलाई तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित जरङ्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
आरोपीहरूको साथबाट प्रहरीले ८ दशमलव ५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।आरोपीहरूमाथि प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Discussion about this post