सुनौलो शिक्षा नेपालद्वार संञ्चालित भकान्जे छात्रबास कार्यक्रमको तेस्रो पक्षिय सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन

रामेछाप अनलाइन रेडियो

बिष्णु खड्का
सोलुखुम्बु । पारदर्शी ,जबाफदेहिता हाम्रो अभियान भन्ने मुल नारासहित स्थापना भएको सुनौलो शिक्षा नेपाल द्वार संञ्चालित भकान्जे छात्रबास कार्यक्रमको तेस्रो पक्षिय सामाजिक लेखा परिक्षण लिखुपिके गाउँपालिका वडा न ५ भकान्जेमा सम्पन्न भएको छ ।

सन २०१९ मार्च देखि २०२२ जुलाई १६ सम्म सञ्चालित भएको भकान्जे छात्रबास परियोजनाको को प्रगती सुझाब सल्लाह , आर्थिक आय ब्यायको बारे सरोकारवालाहरुको भेला बोलाई सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएक सुनौलो शिक्षा नेपालकाका कार्यक्रम अधिकृत प्रदिप थापाले जानाकारी दिए । हातेमालो नेपाल काठमाडौका कार्यक्रम प्रबन्धक चुडामणि अर्याल तथा कार्यक्रम अधिकृत नबराज थापा, stay at school नेपालका लेखा तथा प्रबन्धक अम्बर बहादुर राणाले उक्त कार्यक्रमको सहजिकरण गर्दै सरोकारवालहरुलाई सुनौलो शिक्षा नेपालको बारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा लिखुपिके गाउँपालिका वडा न ५ का वडा अध्यक्ष ङिमछिरी शेर्पाले stay at school छात्रबास प्रति धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा स्थानिय सरकारले पनि सक्दो सहयोग गर्ने बताए । त्यस्तै लिखुपिके गाउँपालिका शिक्षा शाखा संयोजक रेखराज बस्नतेले भकान्जेको छात्रबास टिकाईराख्न शिक्षा शाखा लिखुपिकेले आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा चन्द्रज्योती माबि भकान्जेका प्रधानध्यापक लाक्पा शेर्पाले स्किकलरसिप प्राइमेरी लेबलबाटै छात्रछात्राहरुलाई दिन सके थप प्रभाब हुने बताए । साथै सहयोगी निकाएले यति बिगट सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाको भकान्जेको
लागि सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरे ।

४७ जना रहेको उक्त staya at school छात्रबासमा स्कलसिप समेत बिद्यार्थीहरुलाई दिएको छ । भने see मा समेत चन्द्रज्योती माबि अन्तरगत यशध बर्ष पनि ११ जनाले बि प्लस ल्याएको थिए ।
जादा जाँदै यो गित सुन्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!