सिमताल दुर्घटना – बस र यात्रुको खोजीका लागि २ ठूलो चुम्बक प्रयोग

काठमाडौं । सिमलताल पहिरोमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि नयाँ प्रयोग थालिएको छ ।१५ दिन अघि त्रिशूलीमा खसेर बेपत्ता भएका बस र यात्रुको खोजीका लागि चुम्बकको प्रयोग गरिएको छ ।

भारतबाट १९ किलो र १४ किलोका दुई वटा ठुला चुम्बक ल्याएर खोजी गर्न थालिएको चितवन प्रशासनले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चुम्बक लगेर नदीका सम्भावित स्थान खसालिएको छ । चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइने उनले बताए ।

‘चुम्बक लगेर नदीका सम्भावित स्थान खसालिनेछ । बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ यादवले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ ।’

असार २८ गते बिहान वीरगन्जबाट काठमाडौं जाँदै एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए । गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading