रामेछापमा पहिरोमा परि ३ जना बालिकाको मृत्यु

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका –६ फर्पुमा बिहीबार साँझ आएको पहिरोले एउटा घर पुर्दा एकै परिवारका तीन किशोरीको मृत्यु भएको छ।

बिहिवार वेलुकी स्थानीय बिमान तामाङको घर पहिरोले बगाउँदा उनकी १७ वर्षीया छोरी सीता तामाङ, १४ वर्षीया नातिनी लक्ष्मी तामाङ र छिमेकी पदम तामाङकी १६ वर्षीया छोरी आशिका तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंह नेतृत्वको टोली घटना स्थलतर्फ प्रस्थान गरेको थियो।

तर लगातारको वर्षाका कारण उक्त टोली घटनास्थल पुग्न सकेको छैन। हालसालै प्रहरी चौकी बेतालीको एक टोली घटनास्थलमा पुगेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading