काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको मृत्यु भएको खुलेको छ।
ज्यान गुमाउने १८ जनामध्ये एकै परिवारका तीन जना रहेको खुलेको हो। एयरलाइन्सका प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरूका छोरा अधिराज शर्माको मृत्यु भएको हो।
प्रिजा ऊर्जा मन्त्रालयमा काम गर्थिन्। जहाजमा रहेका सबै सौर्य एयरलाइन्सकै कर्मचारी भने पनि केही परिवारका सदस्य पनि रहेको खुलेको छ।
Discussion about this post