रामेछाप । रामेछापमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका –२ मुझुवा निवासी नेपाली सेनामा कार्यरत अन्दाजी ३२ बर्षिय नरेन्द्र रायामाझीको मंगलबार दिउँसो बाख्रा चराउन जाने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापकले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले दिएको जानकारी अनुसार मझुवाको चुल्ठेपानी भिरबाट करिब ३ सय मिटर तल खसेका रायमाझीको घटनास्थलमै मृत्यु भएको हो ।
विकास निर्माण गण धनकुटामा कार्यरत रायमाझीको आज करिब ५ बजेको समयमा भिरबाट लडेर मृत्यु भएको प्रमुख सिंहले बताउनु भयो । मृतक रायमाझीको शवलाई पोष्टमार्टम गर्नको लागि मन्थली ल्याउने तयारी भएको रामेछाप प्रहरीले जनाएको छ।
Discussion about this post