काठमाडौ । पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चिनवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियार रहेका छन् ।
उनीहरुको शव हाल पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ । गएराति करिब १० बजे पोखरा महनगरपालिका–१९ तल्नाकोट टाढीमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
Discussion about this post