काठमाडौं । काठमाडौंबाट ३८ लाख नगदसहित एकजना पक्राउ परेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई सुन्धाराबाट पक्राउ गरेको हो।
अवैध रूपमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको र उक्त रकमसहित श्रेष्ठलाई बुधबार दिउँसो साढे १२ बजे सुन्धाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार श्रेष्ठको साथबाट ५०० दरको ६ हजार थान र एक हजार दरको ८ सय थान नोट बरामद गरेको र एउटा स्कुटर र मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ।
Discussion about this post