रामेछापमा बोलेरो दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु , ९ जना घाइते

रामेछाप । रामेछापमा बोलेरो गाडी दुर्घटना भएको छ। सदरमुकाम मन्थलीबाट पिङ्खुरी तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३९०९ नम्बरको बोलेरो गाडी मंगलबार साँझ  मन्थली नगरपालिका – ७ कल्लेरीमा दुर्घटना भएको हो।

बोलेरो दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु  भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनमा परी मन्थली नगरपालिका–७ की वर्ष ६५ कि माया बिकको मृत्यु भएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा घाइते भएकालाई उद्दार गरी उपचारका लागि सदरमुकामस्थित मन्थली अस्पताल ल्याइएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा खाँडादेवी गाउँपालिका–९ पिङखुरीका ७० बर्षिय नर माया विक सोही ठाउँका ७० बर्षिय हैटे तामाङ २८ बर्षिय रुपक तामाङ गम्भीर रहेकाले मन्थलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

बाकी घाइतेहरु पिङखुरिकै मगले कामी , उशा भण्डारी , डेबिट भन्डारी , दुर्गा बहादुर तामाङ , अन्जना तामाङ , नरेन्द्र तामाङ रहेका छन् ।भएको दुर्घटनामा घाइते भएकालाई उद्दार गरी उपचारका लागि सदरमुकामस्थित मन्थली अस्पताल ल्याइएको छ । दुर्घटना लगत्तै बलेरो चालक खाँडादेवी गाउँपालिका–९ पिङखुरीका बाबुराम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बोलेरो गाडी अचानक ब्रेकफेल भई अनियन्त्रित हुँदा सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रारम्भिव अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिनु भयो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading