रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका सैपु ढाडेमा गए राति विष सेवन गरेर गम्भीर अवस्थामा फेला पारेर उपचारको लागि मन्थली ल्याइएका २ जना मध्ये एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्युु हुनेमा उमाकुण्ड गाउँपालिका प्रीति साबिकको वडा नं ४ झिँगामली घर भएका सागर कार्कीको मृत्यु भएको छ । सँगै भेटिएकी महिलालाई भने थप उपचारको लागि काठमाडौँ लगिएको जिल्ला प्रहरीले कार्यालय रामेछापले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयले रामेछापले दिएको जानकारी अनुसार आफ्नो नाम ठेगाना गोप्य राखेर उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रीति घर भएका अविवाहित सागर कार्की र श्रीमान् वैदेशिक रोजगारी (युके) गएकी तोरण माया सुनुवार मध्यराति विष सेवन गरेर गम्भीर अवस्थामा बास बसेको होटेलमा भेटिएका थिए ।
उनी हरुलाई स्थानीयले र वडा अध्यक्ष सन्तोष पौडेल लगाएत सिरिसेेेेबाट खटिएका प्रहरीले लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपु ढाडे बाट उद्दार गरी मन्थली ल्याइएकोमा युवक सागर कार्कीको मन्थलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता कौशल न्यौपानेले जानकारी दिएका छन्
‘युवकको मृत्यु भएको जानकारी छ। भने, ती महिलालाई हाम्रो प्रहरी सहितको रोहबरमा काठमाडौँ पठाइएको छ । कुन अस्पतालमा उपचार गर्ने भन्ने बारेमा ती महिलाको परिवारसँग समन्वय भइरहेको छ’, प्रवक्ता कार्कीले भने । प्रहरीका अनुसार महिलाको अवस्था पनि गम्भीर रहेको छ ।
श्रीमान् लामो समयदेखि वैदेशिक रोजगारीमा गएका तोरण माया केही वर्षदेखि काठमाडौँ बस्दै आएकी थिइन् । भने, युवक गाउँमै जेसिबिमा सह–चालकको रूपमा काम गर्थे । मृतको कार्कीको शव पोस्ट मार्टमको लागि मन्थली अस्पताल लगिएको छ । होटेलमा रुम लिएर बसेका दुवैले विष सेवन गर्नु शङ्कास्पद देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान अगाडि बढाएको छ।
Discussion about this post