तामाकोसीबाट बेपत्ता भएका शम्भु दाहालको ९ दिन पछि सिन्धुलिमा मृत फेला

रामेछाप । तामाकोसीबाट वेपत्ता भएका दोलखाको जिरी नगरपालिकाका एक पुरुष ९ दिनपछि मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा दोलखाको जिरी नगरपालिका –३ मालीका शम्भु दाहाल सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्वर ३ स्थित सुनकोशी नदी किनारमा शव फेला परेको सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँको जानकारी अनुसार दाहालको शव शनिबार फेला परेकोमा आज परिवारका सदस्य आएर सनाखत गरेपछि सो शव दाहालको भएको पुष्टी भएको हो । दाहालको शव सिन्धुली जिल्ला अस्पतालमा राखिएको र भोली पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाईने एसपी काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading