तामाकोशी नदिमा हामफालेर वेपत्ता भएकी महिला ओमकुमारी तामाङ भएको पुष्टी

रामेछाप । तामाकोशी नदीमा हाम फालेर वेपत्ता भएकी महिला दोलखाको मेलुङ गाउँपालिकास्थित भेडपुकी ओमा कुमारी तामाङ (माया) भएको पुष्टी भएको छ ।

काठमाडौँबाट गाउँ जाने भन्दै दोलखा आएकी महिला मेलुङ गाउँपालिका वडा नम्वर ४ भेडपुकी अन्दाजी ६५ वर्षीया माया भनिने ओमा कुमारी तामाङ भएको पुष्टी भएको हो । मेलुङ – ४ भेडपुको शहरे टोल घर भएकी तामाङ गाउँ जान भनेर आज विहान काठमाडौँबाट दोलखाको मेलुङ –३ गाईखुरा हुँदै भेडपु जाने बसमा आएकी थिईन् ।

गाउँका अन्य मान्छेहरुको साथमा आएकी उनी तामाकोशी बजारमा गाडी रोकेको बेला झरेको बताईएको छ । तामाङ सँगै आएका साथीले जाउँ भन्दा काम छ भन्दै तामाकोशी बजारमा बसेको सामाजिक सञ्जालमार्फत उनका आफन्तले खुलाएका छन् । बेपत्ता महिलाको श्रीमान र छोराहरु काठमाडौँको नयाँ बस्ती बस्दै आएका छन् ।

महिला नदीमा हामफालेको खवर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरिक्षक शत्रुधनकुमार महतोको कमाण्डमा खोज तथा उद्धारका लागि टोली खटिएको छ । साथै किरातीछाप, किर्नेटार र प्रहरी चौकी छौँडेबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी कार्य जारी राखेको दोलखा प्रहरीले जनाएको छ ।

महिला बसबाट झरेर तामाकोशी बजारमा केहीबेर बसेकी महिला करिव ३ बजे एक्कासी तामाकोशी पुल नजिकै नदी किनारमा गएर नदीमा हाम फालेको स्थानीयले बताएका छन् । तामाङको मानसिक अवस्था ठिक नभएको पारिवारिक स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनलाई नदीमा पसेलगत्तै बगाएर वेपत्ता बनाएको देखिएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading