दोलखाकी एक छात्राले एसईईको नतिजा राम्रो नआएपछि गरिन् आत्महत्या

रामेछाप । एसईईको नतिजा राम्रो नआएपछि दोलखाकोे गौरीशंकर गाउँपालिका वडा नम्बर २ की एक छात्राले आत्महत्या गरेकी छन् ।

गौरीशंकर गाउँपालिका–२ जुँगुका रामबहादुर बुढाथोकीकी १६ वर्षीया छोरी जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

स्थानीय निलकण्ठेश्वर मावीबाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा राम्रो नआएपछि हिजो आफ्नै घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको छ ।

उनले आत्महत्या गर्नुअघि सुसाइट नोट लेखेर बुबा आमा र परिवारका सदस्यसँग माफी मागेकी छन् । मृत्तक जेनिसाको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याइएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading