रामेछापमा यात्रुबाहक बस दुर्घटना

रामेछाप । रामेछापमा यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं -६ गैरीबाट शुक्रबार बिहान  ७:३० बजे छुटेको बस खिम्ती केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रुबाहक बस आज बिहान बिर्ता लामापानि भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा बसमा सवार ७ जना घाइते भएको र घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको घटनास्थलमा उपस्थित स्थानीयले जानकारी दिएका छन् । सो दुर्घनामा परि घाइते हुनेहरूमा बस चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ पिस्करका ४० वर्षीय यादव खत्री, गाडीका साहु दोलखा भिमेश्वर नगरपालिका–५ का ४२ वर्षीय दीपक श्रेष्ठ छन्।

घाइते यात्रुहरू सबै रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ का स्थानीय छन् । घाइते यात्रुमा २१ वर्षीया सविना श्रेष्ठ, उनकी छोरी १ वर्षीया सुजता, ४२ वर्षीय साबित्रा घिमिरे, ५७ वर्षीय मानबहादुर श्रेष्ठ, ५० वर्षीय टेक बहादुर श्रेष्ठ, १९ वर्षीय झलकबहादुर श्रेष्ठ, ४४ वर्षीया शंककुमारी तामाङ र ४१ वर्षीया सकुन्तला श्रेष्ठ छन्।

घाइतेहरूला स्थानीयले उद्धारगरी उपाचारका लागि  जिल्ला अस्पताल मन्थली लगिएको र घाईतहरुको टाउको, हातखुट्टा लगायत शरीरका विभिन्न अङ्गहरूमा सामान्य चोट लागेको छ । बस सडक बाट अन्दाजी करिब ३५ – ४० मिटर तल खसेको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading