निराज रानाभाट
ललितपुर । सरकारले शिक्षामा ठूलो लगानी गरे पनि माध्यमिक शिक्षा परीक्षा ( एसईई ) उत्कृष्ट नतिजा आउन सकेन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० को नतिजा आज सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये ४७.८६ प्रतिशत विद्यार्थीहरु मात्रै उत्तीर्ण भएका छन् ।
बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीहरुमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीहरुले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । परीक्षामा सहभागी भएकामध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी अर्थात् ५२.१४ प्रतिशत विद्यार्थी ‘ ननग्रेड ’ ( एनजी ) अर्थात् फेल भएका छन् ।
ललितपुर जिल्लामा विगत ३ दशकदेखि शिक्षामा आबद्ध ब्राइट फ्युचर स्कूल एण्ड कलेजले भने यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । एसईईमा उक्त स्कूलबाट ३६ जना विद्यार्थीहरु सहभागी सबैले राम्रो जीपीए ल्याएका छन् । त्यसमध्ये उज्ज्वल चौलागाईं र सेक्रिना शाहीले ४.० जीपीए ल्याएका छन् ।
देशैभरबाट ४.० जीपीए ल्याउने १ सय ८६ जनामा ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर स्कूल एण्ड कलेजबाट २ जना पर्नु गुणस्तरीय शिक्षाको परिणाम हो । पछिल्लो समय अभिभावक र विद्यार्थीहरुको रोजाइमा पर्दै आएको ब्राइट फ्युचर स्कूल एण्ड कलेजले गुणस्तरीय शिक्षामा अव्वल रहेको प्रमाणित गरेको छ । उक्त स्कूलबाट गत वर्ष १ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेकोमा यस वर्ष २ जना विद्यार्थीहरुले ४.० जीपीए प्राप्त गरेका छन् ।
एसईई परीक्षा वि.सं. २०८० चैत १५ गतेदेखि २७ गतेसम्म भएको थियो । देशभरका २ हजार ६४ परीक्षा केन्द्रबाट ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थीहरु सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीहरु सहभागी भएका थिए । करिब ८ हजार विद्यार्थीहरु परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।
Discussion about this post