काठमाडौ । नातिको कुटपिटबाट गम्भीर घाईते भएका हजुरबुबाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ माझिगाउँका नाति निरज माझीको कुटाईबाट हजुरबुबा ७२ बर्षिय बिकु माझीको मृत्यु भएको हो ।
गत जेठ १३ गते मानसिक सन्तुलन ठिक नभएका निरजले हजुरबुबालाई एक्कासी कुटेका थिए । त्यसपश्चात हजुरबुबालाई उपचारका लागि न्यूरो अस्पताल बाँसबारी काठमाडौँमा लगिएको थियो ।प्रहरीका अनुसार उपचारपछि घरमा बस्दै आएका उनको हिजो मृत्यु भएको हो । कुटपिट गर्ने नाति निरजलाई भने सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । उनले मानसिक रोगको औषधी सेवन गर्दै आएका छन् ।
Discussion about this post