दोलखामा टेम्पु दुर्घटना ,४ जना घाइते, एकको अवस्था गम्भीर

रामेछाप । दोलखामा टेम्पु दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएका छन् । चरिकोटबाट जिलुतर्फ जाँदै गरेको टेम्पु भीमेश्वर नगरपालिका–४ स्थित जिलुमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

दुर्घटनामा परी जिलुकी २० वर्षीया कोपिला चौलागाई, २८ वर्षीया अन्जु केसी, २८ वर्षकै सविता केसी र चालक ३१ वर्षीय दिपेन्द्र चौंलागाई रहेका छन् ।

घाइतेमध्ये कोपिलाको अवस्था गम्भीर रहेको दोलखाका प्रहरी निरिक्षक जिवन श्रेष्ठले जानकारी दिनुभयो । अहिले उनीहरुको सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भैरहेको छ । टेम्पु सडकबाट करिब १२० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading