दोलखामा ट्रिपर दुर्घटना, इन्जिनियर सहित ३ जना घाइते

रामेछाप । दोलखामा ट्रिपर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दोलखाको कालिञ्चोक गाउँपालिका –६ स्थित गोदोनमा ट्रिपर दुर्घटना हुँदा इन्जिनियर सहित तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर २६ वर्षीय अंगत यादव र ट्रिपर चालकहरु सिन्धुली घर भएका अन्दाजी ३१ वर्षीय राजेन्द्र मगर र धादिङका अन्दाजी ३५ वर्षीय सरोज श्रेष्ठ रहेको कालिञ्चोक–६ का अध्यक्ष भरत पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बेलुकी करिब साँढे ५ बजे दुर्घटनामा परि घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम चरिकोट पठाईएको छ । सुनखानी–साङवा सडक निर्माणको क्रममा ट्रिपर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading