प्रेमिकाले वास्ता गर्न छाडेपछि दोलखाका युवकले संसद भवनभित्र आफैंलाई हाने गोली

काठमाडौ । संघीय संसद् भवनभित्र गोली लागेर मृत भेटिएका प्रहरी जवानले एक युवतीका कारण आत्महत्या गरेको खुलेको छ । प्रहरी जवान अजित गोलेले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको हो।

गोलेले आफैंलाई गोली प्रहार गर्नुको कारण प्रेमिकासँगको खटपट रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी भई संघीय संसद् सुरक्षा वेशमा कार्यरत गोलेको एक युवतीसँग पाँच महिनाअघि इन्गेजमेन्ट भएको थियो ।

इन्गेजमेन्टपछि गोलेले खर्च गरेर आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए । करिब ५ महिनादेखि प्रेमिकाले गोलेलाई वास्ता गर्न छाडेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरी स्रोतले बतायो । आज पनि आत्महत्या गर्नुअघि गोलेले ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल गरेको अनुसन्धानबाट खुलेको छ । गोलेले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली हानेको पाइएको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । गोले संसद् भवनको बाँयापट्टि रहेको शौचालयमा मृत भेटिएका हुन् । उनले आफैंले बोकेको राईफलले निधारमा फायर गरेका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading