ट्याक्टर दुर्घटना हुँदा च्यापिएका रामेछापका एक पुरुषको चार घण्टापछि सकुशल उद्धार

रामेछाप । दोलखामा ट्याक्टर दुर्घटना हुँदा च्यापिएका रामेछापका एक पुरुषको चार घण्टापछि सकुशल उद्धार गरिएको छ ।

दोलखाको मेलुङ गाउँपालिका–६ निकासीमा ट्याक्टर दुर्घटना हुँदा च्यापिएका रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ का उमेश थामीको सकुशल उद्धार गरिएको हो ।

थामिको दुर्घटनामा बाँया हात च्यापिएको उनको ४ घण्टापछि उद्धार गरि मन्थली अस्पताल पठाईएको मेलुङ–६ का वडाध्यक्ष कुशुम लामाले जानकारी दिनुभयो ।

उहाँको जानकारी अनुसार थामी ट्याक्टर चालक थिए । खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको ट्याक्टर साहु स्थानीय रामबहादुर खत्रीले जानकारी दिनुभयो ।

अवस्था खतरामुक्त रहेका थामीको वडाध्यक्ष लगायतका जनप्रतिनिधि, स्थानीय प्रहरी सहितको सक्रियतामा उद्धार भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading