पाथिभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् असार ३ गते सोमबारको राशिफल

आज मिति वि.सं.२०८१ असार ०३ गते सोमबार ई.सं.२०२४ जून १७ नेपाल सम्बत ११४४ तछलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल एकादशी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, परिधि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:०८ बजे भयो भने सूर्यास्त साँझ ०७:०१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नोकरी एवम् रजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । धनमान प्राप्तिहोला । तपाईंको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा पनि लाभ हुने दिन रहेको छ । प्रेमभावका साथै रचनात्मकता बढ्नेछ । आफन्तसुख प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता बढ्नेछ तर नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । प्राविधिक काममा सफलता प्राप्त होला । आत्मविश्वास जाग्नेछ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । आरोग्यता रहनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । बौद्धिक क्षमता प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदाकै योग छ । आरोग्यपन र साहस वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): केही चुनौती खडा हुने समय छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतको गल्ती–कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । स्वास्थ्य केही कमजोर रहला, तर काममा सहयोग जुटाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । आफ्नै बलविवेकले काम बन्ने योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पढाइलेखाइमा प्रगति हुने समय छ । आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने योग रहेकोले प्रयास सार्थक हुन सक्छ । कृषि तथा पशुपालनमा फाइदा होला । तथापि, अन्य व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । सापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन पनि सन्तोषप्रद रहने छ । लगानी तथा खर्च बढ्ने योग छ । हासविलास, खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धन पनि आर्जन हुन सक्छ । व्यापार बढ्ने र रमाइलो भेटघाटले मन हर्षित हुनेछ । शुभता र आयबल बढ्नेछ । धर्मकर्ममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल बढ्ने तथा उत्साहवर्द्धक समय छ र पनि सोचेअनुरुप काम नहोला । स्वास्थ्यस्थितिमा भने अनुकूलता आउनेछ । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भाग्यबल बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । परिश्रमअनुसार उपलब्धि राम्रै मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, सावधान रहनुहोला । यात्रामा सफलता हात पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दौडधुप बढ्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइएला । शारीरिक अस्वस्थताको सम्भावना छ, ध्यान राख्नुहोला । आम्दानीमा कमी आउने छैन तर प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्ने योग छ । अनुकूलता बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनुहोला । धेरै लगानीपछि कममात्र फाइदा हुने योग छ । परिवारजनमा असमझदारी बढ्न सक्छ, संयमतापूर्ण व्यवहार गर्नुहोला । आरोग्यता रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षण रहला ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading