युरोप र अमेरिका पठाउने भन्दै ४ करोड ठगी गरेको आरोपमा खड्का पक्राउ

काठमाडौ । युरोप र अमेरिका पठाउने प्रलोभन देखाएर ४ करोड भन्दा बढि ठगी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्वुको दुधकुण्ड नगरपालिका ११ घर भई पेप्सीकोला बस्ने नारायणकुमार खड्का पक्राउ परेका हुन् ।

खड्कालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर भारतबाट पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई प्रहरीले काठमाडौँमा सार्वजानिक गरेको छ । उनीविरुद्ध विभिन्न प्रहरी युनिटहरुमा ८ वटा बैंकिङ कसुरको मुद्धा दर्ता भएको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्राईले जानकारी दिनुभयो ।

खड्का बैकिङ कसुर र ठगी मुद्धामा प्रहरीले खोजी गर्न थालेपछि भारतमा बस्दै आएका थिए । खड्काले काठमाडौँमा ‘हाई लिंक’ एजुकेशन कन्सल्टेन्सी भएको भन्दै पीडितहरुबाट रकम असुल्दै आएपनि उनले कुनै कन्सल्टेन्सी सञ्चालन गरेको नभेटिएको एसएसपी भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार खड्काले अमेरिका लैजाने प्रलोभनमा घाना सम्म पुर्‍याएर अलपत्र बनाएको अनुसन्धानबाट खुलेको छ । उनको बैंक खातामा ४ करोड ३३ लाख ६८ हजार रुपैयाँ आर्थिक कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । खड्काले युरोपको प्रलोभन देखाएर पीडितहरुसँग प्रतिव्यक्ति १० लाखसम्म असुल्दै आएका थिए ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading