लागुपर्दाथ सेवनगरी सवारी चलाउने ३ चालक प्रहरी नियन्त्रणमा

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले लागुपर्दाथ सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई नियन्त्रणमा लिइएको छ ।

रामेछापको मन्थली नगरपालिकाको भैसेश्वर क्षेत्रको विशेष चेकिङका क्रममा लागुपर्दाथ सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई आइतबार नियन्त्रणमा लिइएको हो।

ट्राफिक प्रहरीले ना. ८ ख ७१८१ नम्बरको ट्रक चालक चितवनको भरतपुर महानगरपालिका १६ का ४२ वर्षीय वीरेन्द्र मगर, बा.प्र.०१–००४ क १४२१ नम्बरको जेसिबी चालक महोत्तरी बर्दिबास का ३२ वर्षीय विजय परियार, बा.प्र.०६–००१ ज ०१७० नम्बरको भक्तपुर चाँगुनारायण नगरपालिका १० का यात्रुवाहक विद्युतीय भ्यान चालक ३० वर्षीय सुनिल रजितकारलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापको विशेष सक्रियता, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको आयोजना र मन्थली अस्पताल रामेछापको समन्वयमा दिनको ४ः३० देखी बेलुका ६ः०० बजे सम्म २२ वटा सवारी चेकिङको क्रममा तिन जना चालकलाई नियन्त्रणमा लिइएको हो ।

लापरबाही गरी सवारी चलाई रहेको अवस्थामा शङ्का लागि सोधपुछ गर्दा डियूटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई असहयोग गरी बाधा अवरोध गरेको हुँदा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका नायब उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिनुभयो ।

उहाँले राष्ट्र सेवकलाई बाधा अवरोध गरेको कसुरमा ७ दिन म्याद थप लिई अनुसन्धान कार्य भइरहेको साथै ला.प.से. चेकजाँच कार्य अभियानकै रूपमा सुरु गरिएको बताउनुभएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading