रामेछाप । नेकपा एमाले लिखु तामाकोसी गाउँपालिका दोस्रो पालिका अधिवेशन शनिबार धोबिमा सम्पन्न भएको छ ।
अधिवेशनबाट केशर बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित भएको छ । उपाध्यक्षमा सोमबहादुर तामाङ , सचिवमा निङमर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् भन्ने उपसचिवमा विनोद खड्का मतदान प्रक्रियाबाट निर्वाचित हुँदा महिला उपसचिवमा सुमित्रा राई सुनुवार सर्वसम्मत निर्वाचित भएकी छन् । पालिका कमिटीका अन्य सदस्य तथा लेखा कमिटी अध्यक्षमा रिया मगर र सचिवमा स्याम नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै अध्यक्ष पौडेलले मिसन ०८४ सफल पार्नका लागि संगठन सुदृढ गर्दै एकतावद्ध र जनताको लागि काम गर्ने संगठनको रुपमा लाग्न आग्रह गर्नु भएको छ । उहाँले विकास र समृद्धि एमालेले मात्र गर्न सक्ने भएकोले एमालेमा गोलबद्ध हुन जनसमुदायलाई आग्रह गर्दै जनताको बहुदलिय जनबादलाई मार्गदर्शनको सिद्धान्त बनाएर जनपक्षिय रुपमा काम गर्न एमाले कार्यकर्ताहरुदलाई आग्रह गर्नु भएको थियो ।
सोहि अधिबेशलाई सम्बोधनको क्रममा उपाध्यक्ष तामाङले जनताको पार्टी एमाले भएकोले एमाले विना देश विकास असम्भव भएकोले जनतालाई एमालेलाई जिताउने अभियानमा लाग्न जनताका योजना एमालेले पुरा गर्ने बताउनु भएको थियो ।
सात वडा रहेको गाउँपालिकामा एमालेले अधिवेशनबाट महिला ३३ प्रतिशत, दलित, जनजाती, र युवाहरुको समेत सहभागिताम पार्टी कमिटि गठन गरेको जनाएको छ ।
Discussion about this post