काभ्रेको बनेपामा हिमाल–तराई यातायात र अरनिको यातायातका कर्मचारी हरुबीच कुटाकुट

काठमाडौं । काभ्रेको बनेपामा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुबीच कुटाकुट भएको छ ।

अरनिको यातायात सेवा प्रालिको बा.प्र.०१-००६ ख.५५७१ नम्बरको बसलाई गणेश हिमाल तराई यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापाको नेतृत्वमा आएको केही अराजक व्यक्तिले बनेपा उग्रचण्डी आयल स्टोर बुडोलमा अरनिको मजदुरलाई दुर्व्यबहार हातपातका साथै ज्यान मार्ने धम्की दिई यात्रु सहित बस रोकर यात्रुलाई अलपत्र पारेको पूर्व अरनिको यातायात प्रा.लि का अध्यक्ष केदार खत्री क्षेत्रीले जानकारी दिनु भएको छ।

उहाँको जानकारी अनुसार  यहीँ जेठ २३ गते ओखलढुंगा पलापुबाट नियमित क्यु लिएर काठमाण्डौ फर्किने क्रममा चालकलाई अन्य केटाहरुले रोकेपछि विवाद सुरु भएको थियो ।

अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि  सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो ।

विवाद सुरु भएपछि हिमाल तराई प्रा लि ले एक गाडी मान्छे लिएर बनेपा पुगेका हुन् । झडपमा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

अरनिको यातायातका चालकलाई कुटेको आरोपमा ओखलढुंगा घर भएका ३० वर्षीय कुमार सुनुवारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले बताउनु भयो ।

उहाँको जानकारी अनुसार यातायात खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएको थियो । पछि प्रहरीले छुट्याएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले अहिले अवस्था सामान्य रहेको  जानकारी दिनु भयो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading