काठमाडौ । काठमाडौँको चाबाहिलमा एक पुरुषले आँफु र परिवारको सदस्यलाई आगो लगाउँदा ५ जना घाईते भएका छन्
चाबाहिलको सरस्वती नगरस्थित ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र ३ छोरीहरुलाई मट्टीतेल छर्केर आगो लगाई आफ्नै शरीरमा पनि पेट्रोल छर्केर आगो लगाएका हुन् । आगलागिबाट परिवारका पाँचै जना घाईते भएका छन् ।
सिंहले श्रीमती बिन्दु तथा २४, १६ र ८ वर्षीकी छोरीहरुलाई आगो लगाई आफ्नो शरीरमा पनि आगो लगाएको काठमाडौँ प्रहरी वृत्त गौशलाका डीएसपी केशब थेबेले जानकारी दिनुभयो । आगोले जलेर घाईते भएका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भईरहेको छ ।
डिएसपी थेबेका अनुसार अगालागिबाट दुई छोरीको शरीरको धेरै भाग जलेकाले आईसियुमा राखेर उपचार भईरहेको छ । आगोले १६ वर्षीया छोरीको शरीरको ८० प्रतिशत र २४ वर्षीया छोरीको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ ।
अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको छ । मादकपदार्थ सेवन गरेका सिंहले श्रीमतीसँग विवाद भएपछि आगो लगाएको प्रहरीले जनाएको छ ।
Discussion about this post