टी-२० विश्वकप: नेपालले आज पहिलो खेल खेल्दै

काठमाडौ । टी-२० विश्वकप क्रिकेटको यो संस्करणमा नेपालले आज पहिलो खेल खेल्दैछ ।नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससंग खेल्ने भएको हो ।

खेल नेपाली समय अनुसार राति ९-१५ मा अमेरिकाको डालसमा शुरू हुँदैछ । समूह ‘डी’ मा रहेको नेपालले नेदरल्यान्ड्ससँगै श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

नेपाल र नेदरल्यान्ड्सबीच टी- २० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी भएको छ नेदरल्यान्ड्स ६ खेलमा विजयी भएको छ । एक खेल नतिजाविहीन भएको छ । यो महत्वपूर्ण खेल स्मार्टफोन वा ल्यापटपबाट निम्न तरिकाले लाइभ अनलाइन हेर्न सकिन्छ:

आईसीसी द्वारा प्रचालित ‘आईसीसी क्रिकेट ३६५’ नामक मोबाइल एप डाउनलोड गर्नुहोस्। एप डाउनलोड गरेपछि खोल्नुहोस् र साइन इन/साइन अप प्रक्रिया पूरा गर्नुहोस्। गुगल वा फेसबुक खाता प्रयोग गरेर छिटो साइन अप गर्न सकिन्छ। एपको मुख्य मेनुमा ‘लाइभ’ अप्सन खोज्नुहोस् र टी-२० विश्वकपको लाइभ स्ट्रिमिङ हेर्न सकिनेछ।

लाइभ स्ट्रिमिङको समय र नेपालको खेलको विवरण एपमा नै देखाइनेछ। लाइभ हेर्दा डाटा सेभ गर्न आवश्यक हुने भएकाले राम्रो इन्टरनेट कनेक्सन प्रयोग गर्नुहोस्। यसरी सजिलैसँग मोबाइलबाट नै ऐतिहासिक टी-२० विश्वकपको उत्साहित क्षण जोन सकिन्छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading