रामेछाप । खाटबाट खसेर १६ महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका ३ की सरु खड्काको १६ महिने छोरा सम्राट खड्काको खाटबाट लडेर मृत्यु भएको हो ।
खाटमा खेल्ने क्रममा लडेर गम्भिर घाईते भएका शिशुको आज दिउँसो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका १० कमलविनायक बस्दै आएकी खड्काको १६ महिने शिशु आज बिहान करिव ११ बजेतिर खाटबाट लडेका थिए । उनको मध्यपुर अस्पतालमा उपचारका क्रममा करिब दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post