रामेछाप । दोलखाको जिरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिरी नगरपालिका वडा नं – ५ स्थिति लिंकनबजारमा अन्दाजी ५० बर्षीष एक पुरुष मृत अवस्थामा फेला परेको दोलखा प्रहरीले जनाएको छ ।
दोलखा प्रहरीेले दिएको जानकारी अनुसार मृत पुरुष जिरी लिंकनबजारमा माग्दै खादै अाफ्नो ज्यान पाल्दै अाएको र मृतक पुरुष
लिंकनबजारमा (ड्याम) नामले परिचित छन् । उनको नाम,ठेगान भन्ने खुल्न बांकी रहेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनु भयो । मृतक पुरुष मृतक पुरुको शव पोष्टमार्टमको लागि जिरी अस्पतालमा राखिएको निरिक्षक सिग्देलले बताउनु भयो ।
Discussion about this post