कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालतमा पेश गरिँदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिने भएको छ ।

नागरिकता प्रकरणमा पक्राउ परेका उनलाई तेस्रो पटक म्याद थपका लागि धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।

दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिँदैछ । धनुषा प्रहरीका अनुसार १० बजेपछि उनलाई म्याद थपको लागि पेश गर्ने तयारी छ ।

नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया एक सातादेखि धनुषा प्रहरीको हिरासतमा छन् ।स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन् । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले गत मं‌गलबार साँझ पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो । नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading