काठमाडौं । काठमाडौबाट दोलखाको एक सहित दुई युवती पक्राउ परेका छन् । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा दोलखाको जिरी नगरपालिका ९ की २५ वर्षीया मञ्जु भनिने सिर्जना तामाङ घिसिङ र नुवाकोट घर भएकी २६ वर्षीया निशा भनिने रमिला नेपालीलाई प्रहरीले मित्रपार्कबाट पक्राउ गरेको हो ।
उनीहरुलले काठमाडौँको मित्रपार्कमा स्वागतम रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरि नाबालिकालाई यौन क्रियाकलापमा लगाउने गरेको पाईएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रवक्ता मिश्रले दिएको जानकारी अनुसार उनीहरुले आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई वेटरको काम भन्दै जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Discussion about this post