नेपालमा भेटियो कोरोनाको नयाँ भरियन्ट ‘केपी.१’ र ‘केपी.२’

काठमाडौं । नेपालमा कोरोनाको नयाँ भरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलाको क्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजिटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको हो ।

केपी.१’ र ‘केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब भेरिएन्ट रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । हाल उक्त भाइसर सिंगारपुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

अन्य भेरियन्टभन्दा केपी.२ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले जानकारी दिनुभयो । यद्धपी, ‘केपी.१’ र ‘केपी.२’को कारण मानिस कति जोखिममा पर्छन् भन्ने पत्ता लागिसकेको छैन ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading