एमाले बागमती प्रदेश अध्यक्षमा रामेछापका ढुङ्गेल सहित ४ जनाकाे उमेदवारी दर्ता

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । सहमतिमा नेतृत्व छान्ने प्रयास असफल भएपछि कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन् ।

दाहालको प्रस्तावकमा हिक्मत लामा र समर्थकमा देवकृष्ण विकल छन् भने ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र वचन देउजा बसेका छन् । नेतृत्व सर्वसम्मत टुंग्याउन नसकिएपछि बिहीबार हुने भएको हो । ढुंगेल यसअघि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री थिए ।

ढुंगेल गत संसदीय निर्वाचनमा रामेछापबाट पराजित भएका थिए । यस्तै दाहाल एमालेका केन्द्रीय सदस्य हुन् । सचिवमा पनि चारजनाको उमेदवारी परेको छ । सचिवका लागि रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading