बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन् ।

एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले यही पाँच गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएका थिए । महिलाको उजुरीपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई प्रहरीले मंगलबार वडाध्यक्ष धमलालाई पक्राउ गरेको हो ।

वडाध्यक्ष धमलालाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी दिन ७ म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading