रामेछाप । तामाकोशी गाउँपालिकामा एक बृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाईते बनाएका छन् । तामाकोशी गाउँपालिका–५ झुलेका ७२ वर्षिय मोहनवहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाईते बनाएको हुन् ।
गएराति करिब १० बजे घरायसी विवादमा ७२ बर्षिय मोहन बहादुर कार्कीले आफ्नै श्रीमती ६८ बर्षिया तारादेवी कार्की र ८ बर्षिया नातिनी सुहाना कार्कीलाई घरेलु धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
गम्भीर घाईते दुवै जनालाई घटनास्थलवाट उद्धार गरी सदरमुकाम चरिकोट ल्याईएको र उनीहरुको च्छो रोल्पा अस्पतालमा उपचार भईरहेको छ । श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाउने मोहनवहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Discussion about this post