रामेछाप । खिम्ती–२ जलविद्युत आयोजनामा पहिरोले पुरिएर रामेछापका एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–३ का अन्दाजी ३८ वर्षीय आङकाजी शेर्पाको मृत्यु भएको हो ।
आईतवार दिउँसो जिरी नगरपालिका वडा नम्बर ८ स्थित खिम्ती–२ आयोजनामा काम गर्ने क्रममा सुरुङमा खसेको पहिरोले पुरिँदा शेर्पाको मृत्यु भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले सुरुङबाट शव बाहिर निकालेका छन् ।
घट्ना आईतवार दिउँसो भएको हो । प्रहरीका अनुसार घट्नाबारे थप अनुसन्धान भैरहेको छ । सोही आयोजनामा यसअघि पनि एक जना सवओभरसियरले ज्यान गुमाएका थिए ।
Discussion about this post