रामेछापमा सुन र पैसा लुटेको आरोपमा ७ जना पक्राउ

रामेछाप । रामेछापमा सुन र पैसा लुटेको आरोपमा ७ जना पक्राउ परेका छन् । जिल्लाको उमाकुण्ड गाउँपालिका–२ गुप्तेश्वरका टंकराज श्रेष्ठको घरबाट गत भदौ ५ गते रातको समयमा घरमा कोही नभएको अवस्थामा घरको ढोका फोडी घरभित्र रहेको काठको वाक्सामा रहेको सुन र पैसा लुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले सात जनालाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका–६ बस्ने प्रकाश श्रेष्ठको श्रीमती बर्ष ४४ की चुनामायाँ श्रेष्ठ रु ६ हजार २६२, दिपक श्रेष्ठको श्रीमती बर्ष ३० की मायाँ श्रेष्ठ रु ३५ हजार , झपड बहादुर नेवारको श्रीमती बर्ष ३० की अनिता श्रेष्ठ रु ४१ हजार १२०, प्रकाश श्रेष्ठको छोरा बर्ष २० को युवराज श्रेष्ठ ,अनिल श्रेष्ठको श्रीमती बर्ष ३० की मिना श्रेष्ठ ,छबिलाल श्रेष्ठको छोरा बर्ष ४४ को प्रकाश श्रेष्ठ र गोकुलगंगा गाउँपालिका–४ बेताली बस्ने टिकाराम बिश्वकर्माको छोरा बर्ष ३६ को जित बहादुर गजमेर लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार घरबाट तिलहरी एक थान, सुनको मंगल सुत्र एक थान, सुनको औठी एक थान र करिब तीन लाख रुपैयाँ नगद चोरी भएको उजुरी पीडित श्रेष्ठले जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता गराएका थिए ।

उजुरीको आधारमा प्रहरीले आरोपितको साथबाट प्रहरीले सुन र हराएको तीन लाख मध्ये ८१ हजार ३८२ रुपैयाँ जफत गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले बताउनु भयो । उनका अनुसार पक्राउ परेका सातै जना विरुद्ध रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading