कर्तव्य ज्यान मुद्धामा रामेछापको लिखु तामाकोसीका एक पुरुष पक्राउ

रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिकाका एक पुरुष पक्राउ परेका छ्न । कर्तव्य ज्यान मुद्धामा पक्राउ पर्नेमा लिखु तामाकोसी गाउँपालिका वडा नं – ४ कोटगाउँका ४१ बर्षका विर वहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

यहि भदौ ६ गते रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं.४ कोटगाँकी बर्ष ४५ की एकल महिला सरिता तामाङ आफ्नै घरको शौचालय अगाडी आगनमा घोप्टो परी निधारमा चोट लागेको अबस्थामा मृत फेला परेकीे थिइन ।

सोहि घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय धोबि डाडाले थप अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न सोहि गाउँका वर्ष ४१ का विर वहादुर तामाङलाई पक्राउ गरेको हो ।

यहि भदौ २७ गते पक्राउ परेका उनलाई रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी एवं प्रहरी निरीक्षक रञ्जन कुमार गिरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!