काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा ४ जनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्या एकै जनाले गरेको खुलेको छ । प्रहरीका अनुसार हत्यामा संलग्न आरोपमा पक्राउ परेका सञ्जय भण्डारीले चार जनाको हत्या गरेको स्विकार गरेका छन् ।

सिन्धुपाल्चोक घर भएका भण्डारीले सामूहिक हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ । उनलाई आजै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । उनलाई सीसी क्यामेरामा देखिएको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो । हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading