काठमाडौ । दोलखामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीमा करेन्ट लागेर ५५ बर्षिया सिता गिरीको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयले दिएको जानकारी अनुसार राइस मिलमा पिठो पिस्न गएकी उनको एक्कासी करेन्ट लागेको र घट्नास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
उनी आईतवार दिउँसो पिठो पिस्न मिल पुगेकी थिईन् । उनलाई कसरी करेन्ट लाग्यो भन्ने बारे खुल्न नसकेको स्थानीयको भनाई छ । सिताको शव जलेको अवस्थामा फेला परेको थियो ।
Discussion about this post