सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँँदा दुई जनाको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाडाँमा भएको दुर्घटनामा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला सह संयोजक नबिन पाण्डे र सचिवालय सदस्य समिर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
अनेरास्ववियू सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुबै जना दुर्घटनामा परेका हुन् । अरनिको राजमार्ग
खाडिचौर बाट बन्देउतर्फ जाँदै गरेको ना.८ ख ३७६ नं.को पेट्रोल ट्याङकर र बिपरित दिशाबाट आउदै गरेको बा.प्र.०२–०३१ प ५९७६ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।
दुर्घटना गम्भिर घाईते भएका दुबै जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी संजिब कुमार यादवले जानकारी दिनुभयो ।
मृतक मध्ये पाचपोखरी थाङपाल गाउँपालिका १ बासखर्कका समिर तामाङ मोटरसाईकल चालक हुन् भने मेलम्ची नगरपालिका ११ का नबिन पाण्डे मोटरसाईकल पछाडी सवार थिए । ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post