बाँके । बाँकेको एक स्थानीय तहमा सेवाग्राहीलाई मनोमानी ढंगले सिफारिस दिन नमानेपछि जनप्रतिनिधि कुटिएका छन । जानकी गाँउपालिका वडा नं. २ बेलभारका वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले सेवाग्राहीको सिफारिसमा सरासर हस्ताक्षर गर्न अस्विकार गरेपछि उनी वडाकार्यालय मै कुटिएका छन ।
भदौ २६ गते दिउँसो ३ः३० बजेको समयमा सुष्मा पासी सहित उनको श्रीमान गंगा पासी छोरा रामबाबु पासीको नागरिकताको सिफारिसका लागि जानकी गाँउपालिका वडा नं. २ पुगेका थिए । त्यस दिन उनीहरु सहित सिफारिसको लागि वडामा अन्य सेवाग्राहीहरुको पनि भिड थियो ।
नागरिकताको सिफारिसका लागि जुटाइएका कागजातमा संका लागेपछि वडाध्यक्षले आफु विस्तृतमा बुझ्न समय लाग्ने भएको हुदाँ तत्काल सिफारिस गर्न नमिल्ने जवाफ फर्काएपछि सेवाग्राही उत्तेजित हुदैँ गाली गलौज थालेको वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले जानकारी दिए । उनले भने, ‘संकाको घेरामा रहेको कागजात माथि मैले खोजविन गर्न पाउने कि नपाउने ? मनमौजी ढंगले म सिफारिस गर्न सक्दैन । भोलीको दिनमा जवाफदेहिता र जिम्मेवार को हुन्छ ?’
गुप्ताले सिफारिस दिननमिल्ने विषयमा भने, ‘गंगाराम पासीले आफ्नो ससुरालाई बुबा बनाएर नागरिकता बनाएको देखिन्छ । छोराको नागरिकताको सिफारिस गर्ने क्रममा जोध्धी पासीको छोेरी सुष्मा पासीलाई बुहारी कसरी बनाउन सकिन्छ ? त्यस कारण म यस विषयमा विस्तृतमा खोज तथा छानविन गर्ने जिकिर गरेपछि कार्यकक्षमै उनीहरु अपशब्द प्रयोग गरेका थिए ।
गाली गलौज थालेका उनीहरुलाई बाहिर ल्याएर सान्त गराउन खोज्दा वडाध्यक्ष गुप्ता माथि सुष्मा पासीले चप्पल प्रहार गरेकी थिईन । वडाकार्यालयमै आएर जनप्रतिनिधि माथि चप्पल प्रहार गर्ने, अपशब्द प्रयोग गर्दैै लुछालुछ गर्ने जोसुकैमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्ने वडासचिव कविता रेग्मीले सम्बन्धित निकाय समक्ष जोडदार माग गरेकी छन ।
घटना बारे जानकारी गराउदै उनले भनिन्, ‘समाजिक सुरक्षाको भत्ताका लागि ढाटाहरु मिलाईरहेका थियौं । एक्कासी तलबाट गाली गलौज गरीरहेको आवाज आएपछि हामी कर्मचारी तल पुग्यौं ।‘महिला भएकै कारण म गरेर छुटाउछु भन्दा तल झर्दै गर्दा चप्पलले हानेको आवाज आयो । हामी आफैमा के गर्ने के नगर्ने भन्ने अन्यौलमा भयौं ।’
चित्त नबुझे कानुनी बाटो खुला हुदाँ हुदैँ पनि आफ्नो हातमा कानुन लिने र जबरजस्ती सिफरिसमा हस्ताक्षर गर्न लगाउने विरुद्ध उपचार खोज्नु पर्ने वडासचिव रेग्मीले माग गरिन ।
घटनाका प्रत्येक्षदर्सी निवाजी गाँउका विष्णु कोरीले आफु घटनास्थलमै रहेको र सेवाग्राही सुष्मा कोरीले जनताबाट निर्वाचित जनप्रतिनिधि माथि गरेको हर्कत प्रति गम्भिर आपत्ती जनाएका छन ।
उनले घटना अघिको प्रकृतिबारे जानकारी गराउदै भने, ‘वडाध्यक्षले सेवाग्राहीको नागरिकता सम्बन्धि कागजात बारे गहिराईमा सोधपुच गरिरहेका थिए । तर सेवाग्राहीले आफ्नो नागरिकतामा कुनै गडबढी नरहेको र सधैं यसै प्रकारले काम भएको जवाफ दिईरहेका थिए ।‘वडाध्यक्षले आफुलाई यस सिफारिसका लागि छानविन गुर्नपर्ने भएको हुदाँ केही समय लाग्छ भन्दा तुरन्तै सिफरिस चाहिएको सेवाग्राहीले जिद्दी गरिरहेका थिए । यसै क्रममा सेवाग्राहीले अपशब्द प्रयोग गर्न थालेपछि कार्यकक्षबाट बाहिर आएर शान्त गर्न खोज्दा चप्पल प्रहार गरेकी थिईन ।’
‘तर वडाध्यक्षले भने एक महिला भएकै कारण उनलाई सम्मान गर्दै केही बोलेनन् । बरु उनीहरुलाई जे गर्नुथियो गर्नुभयो अब घर जानुस भनेर फर्काउन खोज्दा पनि दुवै श्रीमान श्रीमतीले अपशब्द प्रयोग गरेपछि वडाध्यक्ष गुप्ता प्रहरी चौकी बेलभारको साहारा लिन पुगेका थिए । तर चौकी जादै गर्दा बाटोमा उनी माथि पुनः ढुगां प्राहर भएको थियो ।’
सुष्मा पासी सहितका गिरोहले वडाकार्यालय परिसरमा वडाध्यक्ष गुप्ताको घाटी समेत समाएर लुछेको खुल्न आएको छ । यस्तै, प्रत्येक्षदर्शी सुरेश कुमार कान्दुले सुष्मा पासीलाई उनकै श्रीमानले वडाध्यक्ष माथि चप्पल प्रहार गर्न उक्साएको बताएका छन ।
उनले भने, ‘उनकै श्रीमानले वडाध्यक्ष माथि हान्न लगाएका थिए । वडाध्यक्षले ध्यानपुर्वक कागजात हेर्न खोज्दा समेत लुकाउन खोजेको र नहेरेरै हस्ताक्षर गराउन खोजिरहेका थिए ।’प्रत्येक्षदर्शी बेलभार निवासी लक्ष्मी कोरीले सेवाग्राहीको उक्त दृश्य पश्चात आफुमा एक खालको क्रास छाएको बताईन ।
उनले भनिन्, ‘म वडाध्यक्षको पछाडी थिए । म पनि सिफारिस लिन गएको थिए । त्यो दृश्य देखेर मेरो ज्यान कामिरहेको थियो । यस्तो माहोल पैदा गर्ने दोषी माथि कडा कार्वाही हुनुपर्छ । कुनैपनि बहानामा पन्छिन दिनभएन ।’
वडाध्यक्ष गुप्ताले जिउज्यानको रक्षाका लागि प्रहरी चौकी जादै गर्दा माटरसाईकलमा सवार उनी माथि ढुंगा प्रहार भएको थियो । गंगाराम पासीले गरेको ढुंगा प्रहारबाट छातीमा लागेर आफु नालामा लडेको वडाध्यक्ष गुप्ताले बताए । उनले भने, ‘चोट लागेर म आफै उठ्न नसेपछि एक जना अपरिचित मोटरसाईकल यात्रीले मलाई नालाबाट उठाएर उभियाएका थिए ।’
जस पश्चात उनी उपचारका लागि तत्काल नेपालगञ्ज स्थित नर्सिङ्ग होम पुगेका थिए । वडाध्यक्ष गुप्ताको दाहिने हातको कान्छी औला भाचिएकोले प्लास्टर बाधेको र शरिरको केही अंगमा चोटपटक लागेको अस्पतालले जनाएको छ । डा. गोपाल सागर डिसिले उनको उपचारमा खटिएका थिए ।
यता अर्को पक्ष गंगाराम पासी र उनको छोरा राम बाबु पासीको टाउकोमा समेत चोटपटक लागेको छ । उनीहरुको टाउको गहिरो चोटका कारण टाका लागेको छ । उनीहरु शुक्रबार अस्पतालबाट डिस्र्चाज भएर घर फर्किएका छन ।
उनीहरुलाई लागेको चोटपटकको विषयमा जानकारी लिन खोज्दा तीन जना परिवार घर फर्किने बेलामा आफुहरु अहिले जानकारी गराउन सक्ने हालतमा नरहेको बताएका छन । प्रहरी चौकी बेलभारका अनुसार दुवै पक्ष जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
यद्दापी उनीहरुले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी समेत दिईसकेका छन । दुवै पक्षलाई चोटपटक लागेको हुदाँ आज विहान जिल्ला प्रहरी कार्यालय बाँकेमा हाजिर हुन जानकारी गराईएको सूचना अधिकारी एवं डिएसपी नारायण डाँगीले बताए । उनले भने, ‘दुवै पक्षलाई चोटपटक लागेको छ । आज उनीहरुलाई बोलाइएको छ । दुवै पक्षको विषयमा बुझेर मात्रै विस्तृतमा कुरा खुल्नेछ ।’
Discussion about this post