रामेछाप । रामेछापमा यात्रु वाहक बस दुर्घटना भएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ५ रजनटार बाट काठमाडौँ जाँदै गरेको बा २ ख ५९६० नम्बरको बस दुर्घटना भएको छ ।
बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनालाई उपचारको लागि काठमाडौं पठाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिनीमाया बलले जानकारी दिनु भयो
उहाँको जानकारी अनुसार उक्त बस सुनापति गाउँपालिका वडा नं ३ स्थित देउसी चौतारा जोड्ने सल्लामा बुधवार बिहान करिब साढे ९ बजे दुर्घटना भएको बताउनु भयो । उक्त बसमा २५ जना यात्रु सवार रहेका थिए।
Discussion about this post