रामेछाप । रामेछापमा माटोको ढिस्कोले पुरिएर ३ जना घाइते भएका छन । दशैँ नजिकिएसँगै घर लिपपोत गर्नका लागी माटो लिन गएका मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका अन्दाजी वर्ष ७० का कृष्ण सार्की,वर्ष ३० का कृष्ण बसेल र वर्ष ५५ का आईते सार्की घाईते भएका हुन ।
घाईतेहरुलाई स्थानियले उद्धार गरी मन्थली अस्पताल लगेको र उनिहरुको त्यहाँ उपचार भैरहेको वडाअध्यक्ष नविन कार्की(रविन) ले जानकारी दिनुभयो । उहाँको जानकारी अनुसार बिहिबार(आज) सोही वडाको साखापानी भन्ने ठाउँमा कमेरो माटो खन्ने क्रममा ३ जना पुरिएर घाइते भएको बताउनु भयो ।
Discussion about this post