सिन्धुपाल्चोकमा रामेछापको लिखु हाइड्रोको स्कारपियो दुर्घटना, चालकसहित २ जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा स्कारपियो जिप दुर्घटना हुँदा जलविद्युत आयोजनाका चालकसहित दुई जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा रामेछापमा निर्माणाधीन लिखु जलविद्युत आयोजनाका चालक उमाकुण्ड गाउँपालिका १ का ३६ वर्षीय उत्तमराज महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का ४० वर्षीय बलबहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।

गएराति करिब २ बजे बा १५ च ९३७० नम्बरको स्कारपियो लामोसाँघु जिरी सडकको सिन्धुपाल्चोक स्थित ५ किलो नजिकै आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । सो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

घाइतेहरुलाई स्थानीयले उद्धार गरी खाडीचौरस्थित सिन्धु सदाबाहार अस्पतालमा पु¥याए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।

जसअनुसार घाइते हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका २ का ३७ वर्षीया संगीता बराइली, उनकी छोरी ८ वर्षीया युशा बराइली, गोकुलगंगा गाउँपालिका १ का ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौँ नागर्जुन नगरपालिका ७ का १४ वर्षीय प्रमोद महर्जन रहेका छन् ।

एमबी दुगडको हाइड्रोको स्कारपियो रामेछापको बाम्तीबाट दोलखा हुँदै काठमाडौँ जाने क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading