काभ्रेपलाञ्चोकको ढुङखर्कमा दोलखाका पवटीका एक पुरुषको शंकास्पद मृत्यु

काठमाडौ । दोलखाका एक पुरुषको काभ्रेपलाञ्चोकमा शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा मेलुङ गाउँपालिका–१ पवटीका अन्दाजी ३५ वर्षिय निर्मल बुढाथोकी आज काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नम्बर २ को ढुङखर्कमा मृत फेला परेका हुन् ।

उनको शव सिंचाईको नहरमा फेला परेको काभ्रेपलाञ्चोकका प्रहरी निरिक्षक प्रकाश पौडेलले जानकारी दिनुभयो । काठमाडौंमा बस्दै आएका बुढाथोकी काभ्रेपलाञ्चोकको ढुङखर्कमा मृत अवस्थामा फेला परेका हुन् ।

घटना शंकास्पद रहेकाले थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक पौडेलले बताउनुभयो । उनको शव हाल पोष्टमर्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!