२० किलो चाँदीसहित सिन्धुलीमा दुई जना पक्राउ

काठमाडौ । सिन्धुलीमा २० किलो चाँदीसहित दुई जना पक्राउ परेका छन् । गोलन्जोर गाउँपालिका–५ खनियाखर्क बजारस्थित बि.पी लोकमार्गमा कारको पछाडिको सिटमुनि प्लास्टिकमा लुकाईछिपाई ल्याइएको २० किलो चाँदीसहित दुई जनालाई आज पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चालक मोरङ विराटनगर महानगरपालिका–५ का रोहीत कुमार यादव र सोही कारमा सवार सप्तरी राजबिराज नगरपालिका–८ का ३७ वर्षीय शेचन मानन्धर रहेका छन् । बिराटनगरबाट काठमाण्डौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कार चेकजाँच गर्ने क्रममा २० किलो चाँदी बरामद गरिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको सिन्धुली प्रहरी निरीक्षक केशब कटुवालले जानकारी दिनुभयो । यस्तै, कमलामाई नगरपालिका–९ मा अवैध सामानसहित ट्रकचालक र ट्रक नियन्त्रणमा लिइएको छ ।

ट्रक चालक सर्लाही हरिपुर नगरपालिका ७ का २९ वर्षीय अजय चौधरीसहित ट्रक नियन्त्रणमा लिइएको हो । भिमान चेकपोष्टस्थित बि.पी लोकमार्गमा ईलाका प्रहरी कार्र्यालयबाट खटिएको प्रहरी टोलीले एक सय ४२ बोरा भारतीय ब्राण्डको चामल फेला पारेको छ ।

सर्लाहीबाट काठमाण्डौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ७०६५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा एक सय ४२ बोरा चामल बरामद गरिएको हो । ट्रक चालक सर्लाही हरिपुर नगरपालिका ७ का २९ वर्षीय अजय चौधरीसहित ट्रक नियन्त्रणमा लिई भन्सार कार्यालय जनकपुर धनुषा पठाइएको सिन्धुली प्रहरीले जनाएको हो ।

ट्रक चालक चौधरीसहित अवैध सामान र ट्रक नियन्त्रणमा लिई भन्सार कार्यालय जनकपुर धनुषा पठाइएको सिन्धुली प्रहरीले जनाएको हो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading