काठमाडौ । करेन्ट लागेर घाईते भएका दोलखाको एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुका ४१ बर्षिय दिपबहादुर खड्काको उपचारका क्रममा आज मृत्यु भएको हो
गत साउन ३० गते घर नजिकै बत्तीको पोलमा करेन्ट लागेको थियो । करेन्ट लगेपछि खड्कालाई पशुपति चौलागाईँ स्मृति अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौ लगिएको थियो ।
उनको उपचारको क्रममा काठमाडौं ट्रमा सेन्टरमा मंगलबार मृत्यु भएको गौरीशंकर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रोहित बुढाथोकीले जानकारी दिनुभयो ।
Discussion about this post