रामेछाप कारागारमा एक कैदिको मृत्यु

रामेछाप । कारागार कार्यालय रामेछापमा एक कैदी बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा उमाकुुण्ड गाउँपालिका–६ रोटेका वर्ष ८४ का पदमबहादुर श्रेष्ठको गएराती मृत्यु भएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिनु भयो ।

प्रमुख तामाङका अनुसार जर्वजस्ती करणी मुद्धामा कैद भुक्तान गर्दै आएका श्रेष्ठ बाथरुम जादा लडेर घाइते भएका थिए । घाइते श्रेष्ठलाई कारागार कार्यालय रामेछापले उपचारको लागि तत्कालै जिल्ला अस्पताल रामेछाप भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गएराती मृत्यु भएको छ।

श्रेष्ठलाई जर्वजस्ती करणी उद्योग मुद्धामा जिल्ला अदालत रामेछापले जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार उनलाई २०७७ असार २८ गते कारागार रामेछापमा चलान गरिएको थियो । श्रेष्ठ प्यारालाइसिस र प्रेसरका विरामी थिए । उनले नियमित रुपमा प्रेसरको औषधी सेवन गर्दै आएका थिए ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading